निर्मला आचार्यको अध्यक्षतामा डब्लुडब्लुजेको नयाँ कार्यसमिति गठन

खबरपथ संवाददाता
२६ माघ २०७७, सोमबार १९:०७

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)को छैठौं अधिवेशन तथा ११ औं वार्षिक साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका सहभागीहरू भर्चुअल माध्यममा जोडिएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डेले युट्युब र सोसल मिडियोले छापा पत्रकारितामा थप चुनौति र जोखिम बढाएको बताए । समाचार लेख्ने पत्रकारले आफूलाई फरक पहिचान कसरी दिने भन्नेमा अब सोच्ने समय भएको छ, उनले भने

आम संचार माध्यमका बिषय बस्तुले जन चासोका बिषयमा समाचार बनाउनु भन्दा पनि चरित्र हत्या गर्ने किसीमका सामग्री बढेकाले काउन्सिलले यस तर्फ ध्यान दिएको पाण्डेले बताए ।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोरोना कहरपछि संचार माध्यम थप जोखिममा धकेलिएकाले संयमता अपनाउनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै कार्यक्रममा सस्थापक अध्यक्ष संगीता लामाले अनलाईन मिडियाहरुले महिलाहरुको बिषयलाई गलत किसीमले उठाउदाँ समाजमा त्यसको नराम्रो असर पर्ने बताउँदै पत्रकार आचारसंहिताको पालना गर्ने काममा संचार माध्यमले विषेश ध्यान दिनुपर्ने सुझाव दिएकी छन् ।
कार्यक्रममा निर्बतमान अध्यक्ष अमिका राजथलाले नब निर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिएकी छन् ।

छैठौं अधिवेशनले आजै निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामकला खडका, महासचिवमा चन्दा बिष्ट, सचिवमा रमीता लामा र कोषाध्यक्षमा रुक्मिणी पोखरेल चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा संगीता लामा, अमिका राजथला, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, दुर्गा अधिकारी, सीता बिके र देवी सापकोटा चयन भएका छन् ।
त्यसैगरी, अधिबेशन अगाडिको सत्रमा प्रेस काउन्सील नेपालका रामशरण बोहोराले पत्रकार आचारसंहिता र कार्यान्वयनको अवस्था विषयक अभिमुखिकरण कार्यक्रम संचालन गरे । डब्लुडब्लुजेको आयोजना एवं प्रेस काउन्सीलको सहकार्यमा भएको उक्त कार्यक्रममा जुम सहयोग विमेन इमपावरमेन्ट नेपाल (विन)ले गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*