ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टरको भूकम्प

खबरपथ संवाददाता
२७ माघ २०७७, मंगलवार ११:३७

काठमाडौं । ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर मंगलबार बिहान ७ :३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो । भूकम्पको धक्का भने जिल्लाको सदरमुकाम सम्म महसुस भएको थियो ।

भुकम्पले के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*