वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

खबरपथ संवाददाता
२७ माघ २०७७, मंगलवार १२:०२

काठमाण्डौं । सरकारले आगामी वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख १७ गते प्रदेश २ , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले यस अघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरिसकेकोे छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*