प्रधानमन्त्री ओली निर्वाचन आयोगमा

खबरपथ संवाददाता
२७ माघ २०७७, मंगलवार १२:३८

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुग्नु भएको छ । प्रधानमन्त्री ओली मध्यान्ह ११: ५० बजे आयोग पुग्नुभएको हो ।

वैशाख १७ र २७ गते हुने चुनावको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री, उप – प्रधानमन्त्री, अर्थमन्त्री सहित नेताहरू आयोग जानु भएको  नेता सुवास नेम्वाङले बताउनुभयो । आयोग पुगेर प्रधानमन्त्रीले निर्वाचनको तयारीबारे बुझ्नु हुने ओली समूहका नेता सुवास नेम्वाङले बताउनुभयो ।

यस अघि गत माघ २० गते नेकपाका प्रचण्ड – नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*