निर्वाचन आयोगद्धारा चुनाव तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

खबरपथ संवाददाता
२७ माघ २०७७, मंगलवार १५:२९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगी निर्वाचनको तयारीबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्रीले वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि हालसम्म आयोगबाट भएका तयारीबारे जानकारी लिनुभएको हो ।

निर्वाचन आयोगले आफूहरू चुनावको तयारीमा जुटेको र तोकिएकै समयमा चुनाव होस् भन्ने अपेक्षा गरिएको बताएको छ।

प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग आयोगले हालसम्म गरेको तयारी बारे जानकारी लिदै निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*