शिवनगर सामुदायिक बनद्धारा पोखरी निर्माण
बुटवल । शिबनगर सामुदायिक बनद्धारा पोखरी निर्माण गरिएको छ । शिवनगर सामुदायिक बन क्षेत्रको आम्दा अस्पाताल पछाडी पोखरी निर्माण गरिएको हो ।
जैविक विविधता कायम गर्नका लागी जंगल भित्र रहेका चराचर, जंगली जनावर ,चराचुरुङ्गीलाई पानीको अभाव नहोस भन्ने हेतुले पोखरी निर्माण गरीएको शिवनगर सामुदायिक बनका कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ले जानकारी दिनुभयो ।
सामुदायिक बन क्षेत्र भित्र निर्माण गरिएको पोखरीमा लगभग ९०० मिटर टाढा रहेको पानीको मुहान देखि पाईपको माध्यमबाट स्थायी रुपमा पानी ल्याउने योजना रहेको सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेले जानकारी दिनुभयो ।
सुख्खायामको अवस्थालाई मध्यनजर गरी अहिलेलाई अस्थायी रुपमा २०० मिटर टाढा घुम्ती खोलाबाट पम्पसेटको सहायताले पानी भरिएको कोषाध्यक्ष रिजालले बताउनुभयो ।
सामुदायिक बनको आर्थिक बर्ष २०७७/७८ को नियमित कार्ययोजना अनुरुप एक बन एक पोखरीको अवधारणा लागी कार्यान्वयन गर्दे पोखरी निर्माण गरीएको हो । सामुदायिक बनले प्रत्येक बर्ष बन क्षेत्रमा पोखरी निर्माण कार्य गर्दे आएको छ ।