बनक्षेत्रमा आगो जन्य गतिविधी नगर्न शिवनगर सामुदायिक बनको आग्रह, डढेलो नियन्त्रणमा बन समिति सक्रिय

खबरपथ संवाददाता
१२ चैत्र २०७७, बिहीबार १९:२३

बुटवल । शिवनगर सामुदायिक बनको चुरेक्षेत्रमा दैनिक जसो डढेलो लाग्ने गरेको छ । गत सोमबार दिउसोबाट लाग्न सुरु गरेको डढेलो दैनिक जसो बन क्षेत्रको विभिन्न भागमा लागिरहेको छ । दैनिक जसो लागेको डढेलोलाई नियन्त्रणमा लिनका लागी बन समितिका अध्यक्ष नारायण बहादुर घिमिरे , कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) ,उपाध्यक्ष्यद्धय थानेश्वर बश्याल, गिता ज्ञवाली ,सचिव श्यामकला आचार्य, सहसचिव उमादेबी थापा क्षेत्री ,सदस्यहरु लगायतको समितीका पदाधिकारीहरु, बनका कर्मचारीहरु, नेपाल आर्मीको टोली तथा प्रहरी लगायतको टिमले डढेलो नियन्त्रणमा लिने गरेको छ ।


त्यसैगरी गत मंगलबार डढेलो नियन्त्रक टोलीले अग्नी नियन्त्रणका लागी बनक्षेत्रमा अग्नी रेखा तयार गरेको छ जसको सहायताले ढडेलो नियन्त्रण गर्न सजिलो पर्ने समितीले जनाएको छ ।

गत सोमबार देखि शिवनगर सामुदायिक बनको चुरेक्षेत्र , आम्दा पछाडीको चुरेक्षेत्रको भुभाग, हिलपार्क डाँडाको चुरेक्षेत्र र देबदह साझेदारी बन र शिवनगर समुदायिक वनको सिमानाको समतल भुभाग सम्पूर्ण गरी लगभग २५० हेक्टर क्षेत्रमा लागेको डढेलो  बिहिबार विहान नियन्त्रणमा लिईएको अग्नी नियन्त्रकका संयोजक राजेन्द्र रिजाल (राजु) ले खबरपथकर्मीलाई जानकारी दिनुभयो ।

चुरेक्षेत्रमा दैनिक जसो डढेलो लागी रहेको हुँदा बनक्षेत्र भित्र आगो जन्य गतिविधी नगर्नका लागी सम्पूर्ण जनसमुदायमा शिवनगर सामुदायिक बनका अध्यक्ष नारायण बहादुर घिमिरेले आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*