पत्रकार महासंघ रुपन्देहीमा चार संगठनबीच गठबन्धन

खबरपथ संवाददाता
२१ चैत्र २०७७, शनिबार ०८:५६

बुटवल । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारी नेपाल रुपन्देहीको नेतृत्वमा जिल्लामा चारवटा संगठनबीच गठबन्धन गर्ने सहमति भएको छ ।
शुक्रबार चारवटा संगठनबीच भएको बैठकबाट संयुक्त रुपमा उम्मेदवार तय गरी चुनावमा जाने सैद्धान्तिक सहमति भएको हो । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रगतिशील, समावेशी र राष्टियता प्रति प्रतिवद्ध व्यावसायिक पत्रकारहरुको रुपन्देही जिल्ला प्यानल निर्माण गरी अघि बढ्ने सहमति भएको चारवटा संगठनद्धारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

सहमतिपत्रमा प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टिआर शर्मा, जनपत्रकार संगठनका सदस्य खोमा तरामु र संघीय पत्रकार परिषदका लुम्बिनी प्रदेश संयोजक सनु थापाले हस्ताक्षर गरेका छन् । चारवटा संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*