रुपन्देही उद्योग संघमा नव वर्षको शुभकामना आदानप्रदान

खबरपथ संवाददाता
३१ चैत्र २०७७, मंगलवार २०:१९

बुटवल । नव वर्ष २०७८ को शुभ सन्ध्यामा रुपन्देही उद्योग संघमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, सल्लाहकार, वस्तुगत समितिका संयोजकहरु तथा कर्मचारीको सहभागिता रहेको थियो । सो अवसरमा बोल्नु हुँदै अध्यक्ष बोहोराले विषम परिस्थितिसँग जुधेर उद्योग संचालन गर्नुपर्ने अवस्था श्रृजना भएकाले सचेतना अपनाउँदै उद्योग संचालन गर्न आग्रह गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले औद्योगिक विकास उन्नती र प्रगतिकालागि सबैलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा उपस्थित सबैले एकअर्काबीच शुभकामना आदानप्रदान गर्नृु भएको थियो ।

सोही अवसरमा संघद्वारा प्रकाशन गरिएको टेबल तथा भित्ते क्यालेण्डर समेत सार्वजनिक गरिएको थियो । संघले यस वर्ष पहिलो पटक टेबल क्यालेण्डर प्रकाशन गरेको होे । संघका कार्यसमिति सदस्य सुमन बस्यालको संयोजकत्वमा टेबल क्यालेण्डर र कार्यसमिति सदस्य मन्जु भुसालको संयोजकत्वमा भित्ते क्यालेण्डर प्रकाशन गरिएको हो । संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलको स्वागत र महासचिव जिवकान्त काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*