बुटवल ११ चौपारी टोल विकासद्धारा टोलबासीको स्वास्थ्य उपचारका लागी सम्झौता

खबरपथ संवाददाता
३१ चैत्र २०७७, मंगलवार २०:३२

बुटवल । बुटवल उपमहानगरपालिका ११ चौपारी टोल विकास संस्थाले टोलवासीको स्वास्थ उपचारका लागि स्वास्थ्य संस्थासंग सम्झौता गरेको छ ।

अति विपन्नलाई निशुल्क र शुल्क तिर्न सक्नेलाई भारी छुटमा स्वास्थ्य परिक्षणको लागि सम्झौता गरिएको टोल विका संस्थाका संस्थापक अर्जुन कुंवरले जानकारी दिए । बुटवलको जिनोमिक डायग्नोस्टिक ल्याब्रोटरी प्रालिसग स्वास्थ्य परिक्षणको लागि सम्झौता भएको हो । उक्त सम्झौता मंगलवार एक समारोहका विच गरिएको हो । सो अवसरमा नया वर्षको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरिएको थियोे ।

कार्यक्रममा लुम्विनी वाणिज्य क्याम्पसका प्रमुख तारा प्रसाद उपाध्यायले टोल विकास संस्थाले गरेको काम निकै रचनात्मक भएको बताए । उनले टोलवासीको स्वास्थ्यलाई ध्यानमा दिएर गरिएको कार्य अरुको लागि पनि अनुकरणीय भएको बताए ।

संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अर्जुन कुवर,जिनोमिक डायग्नोस्टिक ल्याबोरेटोरी प्रलि का प्रवन्ध निदेशक रमेश पाण्डे , संस्थाका उपध्यक्ष गणेश सापकोटा ,सचिव नारायण रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*