प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक बस्दै

खबरपथ संवाददाता
४ बैशाख २०७८, शनिबार ०८:२८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको छ ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायत विषयमा छलफल हुने थापाले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*