लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा टंक पोखरेल

खबरपथ संवाददाता
९ बैशाख २०७८, बिहीबार १८:२३

बुटवल । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित हुनुभएको छ। नेपाल चेम्बर अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्नुभयो । मल्लले पोखरेललाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । अध्यक्ष मनोनित पोखरेलले चेम्बरको संस्थागत विकासमा सिङ्गो प्रदेश लाग्ने प्रतिक्रिया दिनुभयो । प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछु, उहाँले भन्नुभयो, चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौँ ।

रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष हुनुहुन्थ्यो । जेसिज, रोटरी र सहकारीमा समेत कुशल नेतृत्व प्रदान गर्नु भएका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्नुभएको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नेतृत्व लिए पछि यस क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन र सरकार र निजी क्षेत्रको सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यवसायीले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*