बुटवलको कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु

खबरपथ संवाददाता
२० बैशाख २०७८, सोमबार १३:१८

बुटवल । बुटवल को धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १:२४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गए राति साढे आठ बजे मृत्यु भएको छ ।

त्यसैगरी बुटवल-११ रुपन्देही कै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३:५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९: ५० बजे मृत्यु भएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

त्यसैगरी अर्घाखाँचीको धातिवाङ- ८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सल्यानको शारदा-११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६: ५८ मा मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*