बुटवल उपमहानगरद्धारा अक्सिजन बैंक सेवा सुरु

खबरपथ संवाददाता
२१ बैशाख २०७८, मंगलवार १६:२०

बुटवल । बुटवल उपमहानगरपालिकाद्धारा अक्सिजन बैंक सेवा सुरु भएको छ ।  मंगलबार नगरप्रमुख शिवराज सुवेदीले एक संक्षिप्त समारोह बीच उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।

होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पुर्‍याउने गरी बुटवल उपमहानगरपालिकामा अक्सिजन बैंक सेवा शुभारम्भ भएको हो ।
त्यसअवसरमा उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनाल, स्वास्थ्य शाखाका उमा थापा, कार्यदलका सदस्यहरु एजाज आलम, सन्दीप कसौधन, बाबुराम बोहोरा, सुरज भट्टराई लगायतले प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*