बुटवल । बुटवलमा अस्पतालको बेड खोज्दा खोज्दै एक वडा सदस्यको एम्बुलेन्स मै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका- ७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्स मै ज्यान गएको हो ।
थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए ।
बिहीबार अपरान्ह देखि स्वासप्रश्वासमा गम्भिर समस्या देखिए पछि अस्पताल भर्नाका लागि परिवारले बुटवल र भैरहवा क्षेत्रका अस्पताल चाहारेका थिए । तर बेड खाली नभए पछि एम्बुलेन्स मै अक्सिजन दिएर राखिएको थियो । अस्पताल भर्नाका लागि पर्खदा पर्खदै उपचार नपाएरै उनको मृत्यु भएको बुटवल–७ का वडा अध्यक्ष कमलप्रताप थापाले बताए ।
स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।