प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणका लागि स्वाब संकलन
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओली सहित उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरू सहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।
पिसिआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्री ओलीले वैशाख २७ मा विश्वासको मत लिने भनेका छन्। त्यसका लागि संसद अधिवेशन आह्वान भइसकेको छ। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ ।