पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना पुष्टि, ५२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै ४ हजार २२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।