लुम्बिनी प्रादेशिक अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु
खबरपथ संवाददाता
२९ बैशाख २०७८, बुधबार १२:५१
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए । मंगलबार रातीबाट आज बिहानसम्म गरी थप ६ संक्रमितको मृत्यु भएको उनले बताएका छन् ।
मृत्यु हुनेहरुमा पाँच पुरुष र एक महिला छन् । उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए ।