युसिएमएस भैरहवामा अक्सिजनको अभाव : बिरामी आफैले व्यबस्था गर्न आग्रह
बुटवल । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालमा अक्सिजन अभाव भएको छ । शिक्षण अस्पतालले बुधबार एक बिज्ञप्ती जारी गरी अक्सिजन आपूर्तिको प्रयास गर्दा गर्दै पनि नसकिएको उल्लेख गर्दै बिरामीलाई आफै व्यबस्था गर्न आग्रह गरेको हो । अस्पतालले जारी गरेको सूचनामा बुधबार दिउँसो ४ बजेसम्मको लागि मात्रै अक्सिजन पूर्ति गर्न सकिने र त्यसपछि बिरामीले आफै व्यबस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
अस्पतालका प्रशासकीय अघिकृत कमल ढाकालले अक्सिजनको प्रबन्ध गर्नको लागि सबैतिर याचना गरिए पनि कसैले नसुनेको जानकारी गराउँदै अब हात उठाउनु वाहेक विकल्प नभएको उल्लेख गर्नुभएको छ ।