आम्दामा कोरानाको निःशुल्क उपचार
बुटवल । महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) ले कोरोनाका बिरामीलाई समेत उपचार सेवा सुरु गरेको छ । गत बैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालकालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी गराउनु भयो ।
उहाँका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यस्तैगरी अस्तालले आज (मंगलबार) देखि पीसीआर परीक्षण समेत सुरु गरिएको उहाँले जानकारी गराउनु भयो ।