नेपालमा कोभिड १९ को थप नयाँ भेरियन्ट पत्ता लाग्यो

खबरपथ संवाददाता
४ जेष्ठ २०७८, मंगलवार २१:२३

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ को थप नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको हो।

परिवर्तित भाइरस सहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ। हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*