विपक्षी गठबन्धनद्धारा संसद पुन:स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहित सर्वोच्चमा रिट दायर

खबरपथ संवाददाता
१० जेष्ठ २०७८, सोमबार १५:४३

काठमाडौं । प्रतिनिधीसभाको पुनर्स्थापना र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेर बहादुर देउवालाई नियुक्त गर्न  माग सहित विपक्षी गठबन्धनका १४६ सांसदहरुले  सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधी सभालाई असंवैधानिक भन्दै आएको विपक्षी गठबन्धनका १४६ सांसदले सोमबार रिट दायर गरेका हुन् ।

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्रीका लागी गठबन्धनका तर्फबाट शेर बहादुर देउवा र एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गर्नु भई मन्त्रिपरिषदको  सिफारिसमा संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

विपक्षी गठबन्धनका १४६ सांसदहरुको रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ । साथै १४९ सांसदको हस्ताक्षर सहित देउवाले गरेको दाबी वैधानिक भएकाले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिनुपर्ने रिट माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*