अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश स्वयंसेवक विभागद्धारा रक्तदान

खबरपथ संवाददाता
१९ जेष्ठ २०७८, बुधबार १४:४५

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेश स्वयंसेवक विभागले रक्तदान कार्यक्रम गरेको छ । विभागले आज रुपन्देहीको बुटवलमा रहेको ब्लड बैंकमा रक्तदान गरेको हो ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले २०७८ जेठ १६ गते विनोद वराल संयोजक र सागर पन्थ सह–संयोजक रहेको लुम्बिनी प्रदेश स्वयंसेवक विभाग गठन गरेको थियो । लुम्बिनी प्रदेश स्वयंसेवक विभाग आफ्नो पहिलो कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा १५ पिन रगत संकलन भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका रुपन्देही सचिव निर्मल जी.सी कार्यक्रममा सहभागि भई रक्तदान समेत गर्नु भएको छ । यस कोरोनाको महामारीमा रगत अभाव हुन नदिन आफुहरु लागी रहेको बताउर्दै उक्त कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्वयंसेवक विभागका सह–संयोजक सागर पन्थले रक्तदान जीवन दान भएको बताउदै कोरोना महामारीको समयमा रगत अभाव देखिएको हुँदा रगत अभावबाट कसैको ज्यान जोखिममा नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको र आवश्यकता अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा रक्तदान कार्यक्रम समेत गर्ने बताउदै आफुहरु रचनात्मक र सचेतनामुलक कार्यक्रमहरु गर्दै विद्यार्थीको हक हितका लागि पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता विष्णु ढकाल, माधव पाण्डे, विद्यार्थी इन्चार्ज रुपेश पौडेल, विद्यार्थी जिल्ला संयोजक विष्णु खत्री लगाएत रुपन्देही जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*