कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

खबरपथ संवाददाता
२० जेष्ठ २०७८, बिहीबार १३:५९

बटवल । युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना कारण मृत्यु भएको छ ।

कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमण पछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिन पछि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो ।

युनिभर्सल मेडिकल कलेजका सूचना अधिकारी सुशील गुरुङका अनुसार डा. रजौरियाकी श्रीमती डा. हसिना बानु पनि कोरोना संक्रमित थिइन् ।

डा. बानु भने कोरोना संक्रमणमुक्त भइसकेकी गुरुङले बताए । हालसम्म मेडिकल कलेजमा १ सय ६० जना स्वास्थ्यकर्मी कोभिड संक्रमित भए पनि चिकित्सक मृत्यु भएको यो पहिलो घटना भएको गुरुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*