नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै

खबरपथ संवाददाता
२२ जेष्ठ २०७८, शनिबार ०९:२८

काठमाण्डौं । नेकपा एमालेको नेपाल- खनाल पक्षको स्थायी कमिटी बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सरकारमा राजपालाई भित्र्याएर ब्यापक रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भोलिपल्ट बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

यस अघि समूहको केन्द्रीय कमिटी बैठक बिहीबार र शुक्रबार बसेको थियो। भर्चुअल बैठकले अध्यक्ष ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

ओली पक्षले नेपाल र खनाल सहित १२ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*