राष्ट्रिय एकता र अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु – उपप्रधानमन्त्री महतो
काठमाण्र्डौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डता प्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
मन्त्री भए लगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए । मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो।
गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार प्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन् ।
‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् ।