पछिल्लो २४ घण्टामा ३,४७९ जनामा संक्रमण पुष्टि, ९९ को मृत्यु

खबरपथ संवाददाता
२३ जेष्ठ २०७८, आईतवार १८:२५

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४७१ पीसीआर परीक्षणबाट ३,०२४ र ३,२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३,४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*