पछिल्लो २४ घण्टामा ४३४४ जनामा कोरोना पुष्टि, ८१ को मृत्यु
काठमाण्डौंं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएको हो ।
पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।