पछिल्लो २४ घण्टामा ३३८४ जनामा कोरोना पुष्टि, ६१ को मृत्यु
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५०६ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ र ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जना गरी कुल १४ हजार ४९४ नमुना परीक्षणमा ३ हजार ३८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ३६६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सहित हालसम्म ५ लाख २७ हजार १११ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।