पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना पुष्टि, ४२ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालय जनाएकाो छ ।