बलिउडका प्रख्यात अभिनेता दिलीप कुमारको निधन

खबरपथ संवाददाता
२३ असार २०७८, बुधबार १४:२२

काठमाडौं । बलिउडका प्रख्यात अभिनेता दिलीप कुमारको निधन भएको छ । उनको बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।

करिब २२ वर्षको उमेरमा फिल्मी क्षेत्रमा प्रबेश गरेका दिलिप कुमारले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट आफनो अभिनयको आत्रा सुरु गरेका थिए ।

उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।

दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् ।  उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*