थप ३८४० जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
खबरपथ संवाददाता
१३ श्रावण २०७८, बुधबार २१:१५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी १९९३ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।