थप ३,१०६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको मृत्यु हुनेको कुल संख्या ९ हजार ८५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १९१६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।