लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनद्धारा नयाँ सरकार गठनको लागि आह्वान

खबरपथ संवाददाता
२७ श्रावण २०७८, बुधबार १९:३६

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको लागि बहुमत सहित दावी पेश गर्न दलहरुलाई आह्वान गर्नु भएको छ ।

बुधवार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनीधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा यहि साउन २८ गते दिउँसो ३ बजे भित्र बहुमत सहित दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*