चार दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा केसीको दाबी पेश

खबरपथ संवाददाता
२८ श्रावण २०७८, बिहीबार १५:३७

बुटवल । लुम्बिनी प्रदेश माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीले चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनु भए पछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न २४ घण्टाको समय दिनु भएको थियो ।

सो अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीमा प्रस्तावित माओवादी केन्द्रका केसी रोल्पा १(क) बाट निर्वाचित हुनुहुन्छ ।

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना गरी ४१ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् ।

प्रदेश प्रमुख शेरचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*