लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
बिहीबार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो ।
बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनु भएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न २४ घण्टाको समय दिनु भएको थियो ।