लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसीले लिए शपथ : सात सदस्यीय मन्त्रीपरिषद गठन
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण लिनु भएको छ । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री केसीलाइ पद तथा गोपनीयताको सपथ ग्रहण खुवाउनु भएको हो ।
बिहिबार नै प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री केसीले सपथ ग्रहणसंगै गठबन्धनका दलहरुलाई समेटेर आफू सहित सात सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको छ । नवनियुक्त मुख्यमन्त्री केसीले नेपाली काँग्रेसबाट डिल्लीबहादुर चौधरीलाई ग्रामिण तथा शहरी बिकास मन्त्रालय, माओवादी केन्द्रबाट कृष्णध्वज खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र जनता समाजवादी पार्टीका सहसराम यादवलाई भौतिक पूर्वाधार मन्त्रालय तथा सुमन शर्मा रायमाझी, पुनमती ढेगा र स्वतन्त्र अजय शाहीलाई विना बिभागीय मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
त्यसैगरी केसीसँगै गठबन्धन दलका अन्य मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।