एक सातामा श्रीनिवासका दुई वटा थारु गित सार्वजनिक

खबरपथ संवाददाता
२९ श्रावण २०७८, शुक्रबार ११:५५

बुटवल । पत्रकरिता र साङ्गितीक क्षेत्रमा काम गर्दै आएका गायक श्रीनिवास थारुले एक पछि अर्को धमाकेदार गित ल्याएका छन ।
ञचोरी चोरी सेझबोलको गित एक हप्ता अघि भिडियो सार्बजनिक गरेका उनी नाग पन्चमीको दिन पारेर अर्को लेहङावाली के चक्करमे गित सावर्जनिक गरेका छन ।
उनको पहिलो गितमा थारु सुपर स्टार नरेश चौधरी र छोटो समय मै निकै नै चर्चा बटुल्न सफल मोडल मधु चौधरीको युगल जोडिले नृत्य गरेका छन । स्वरमा भने श्री निवासलाई चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी थिईन । सेबिल ईन्टरटेन्मेन्ट च्यानलले निर्माण गरेको सो गित रिलिज भएको एक सातामा २ लाख बढी पटक हेरिएको छ । गितका निर्माता अमेरिका निवासी कलाकार तथा समाजसेवी लोकेन्द्रराज चौधरी रहेका छन ।
नाग पन्चमीसंगै थारु समुदायको गुरही पर्वको अवसर पारेर लेहङावाली के चक्कर मे बोल को गित सार्वजनिक गरेको चौधरीले बताए । यो गितमा पनि चर्चित गायिका अन्नु चौधरीले साथ दिएकी छिन । एक बर्ष अघि लेहङ्गा वाली ओए छैली गित को भाग २ को रुपमा यो गितलाई प्रस्तुत गरिएको उनले बताए । उमेश मुस्कानको शब्द सङ्गित, केशव बडुको सङ्गित संयोजन रहेको गितलाई बिक्रम चौहानले निर्देशन गरेका छन । कपिलवस्तु का बिष्णु चौधरी र दाङ्ग देउखुरी कि सिरु चौधरीले यो गितमा डेब्यु गरेका छन। टिकटकमा निक्कै भाईरल भैरहेको यो गित पनि सेबिल ईन्टरटेन्मेन्ट च्यानलमार्फत युट्युबमा रिलिज गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*