लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आह्वान
बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नवौं अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी भदौ १ गते दिउँसो १ बजेको लागी अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
यस अघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमागि छलफलका लागि गत २७ गते बिशेष अधिवेशन आह्वान भएको थियो ।
तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै शंकर पोखरेलले राजीनामा दिनुभएको थियो । हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।