लुम्बिनीका सभामुखलाई सदनबाटै ठेगान लगाइदिने एमालेको चेतावनी

खबरपथ संवाददाता
६ भाद्र २०७८, आईतवार २१:२५

बुटवल । नेकपा एमालेले सांसद विमला कुमारी खत्री वली र अजय शाहीलाई पदमुक्त नगरिए लुम्बिनीका सभामुखलाई सदनबाटै ठेगान लगाइदिने चेतावनी दिएको छ ।

आइतबार एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी सभामुख पूर्णबहादुर घर्ती पदीय आचरण र मर्यादा विपरीत आफैं न्यायाधीश बन्न खोजेको आरोप लगाएको हो ।

एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले शाही र वलीलाई पदमुक्त नगरिए सभामुख घर्तीलार्ई सदनबाटै ठेगान लगाउने चेतावनी दिएका थिए । चौधरीले भने ‘पार्टीले सांसदहरूलाई कारबाही गर्न पत्राचार गरे पछि सभामुखबाट सांसदहरूको प्रमाण माग्ने काम गरियो, सभामुख अदालतको न्यायाधीश हो कि, उहाँ निर्णयकर्ता हो कि, के हो उहाँलाई प्रमाण माग्ने अधिकार नै छैन, पार्टीले आफ्ना सांसदहरूले आचरण अनुरूपको काम नगरेको खण्डमा निष्कासन गर्न पाउँछ, उहाँलाई सदन चलेको अवस्थामा त्यही पत्र सदनमा सुनाउने र नचलेको अवस्थामा टाँस्ने मात्र अधिकार छ,’ । चौधरीले सभामुख घर्तीले पार्टीले पठाएको पत्रको जवाफ आफैं लेख्दै न्यायाधीशको भूमिका निर्वाह गर्न खोजेको आरोप लगाए ।

चौधरीले सभामुखको भूमिकामा बसेर अदालतको न्यायाधीश, दलको नेता र निर्णयकर्ताको रूपमा प्रस्तुत भएको भन्दै आपत्ती जनाए । चौधरीले पार्टीले कारबाही गरेका दुबै जना सांसदलाई कारबाही नगर्दासम्म कुनै पनि हालतमा सदन चल्न नदिने समेत बताए ।

एमालेले ह्वीप उल्लंघन गरेको भन्दै सांसद शाही र वलीलाई कारबाही गरी पदमुक्त गर्न भदौ १ गते सभामुख समक्ष पत्र पठाएको थियो । लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर पदमुक्त गर्न नमिल्ने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*