एमालेद्धारा लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध
बुटवल । बिपक्षि दल नेकपा एमालेले आज लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । एमालेले अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरे पछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
एमाले सासंदहरुले बैठक सुरु हुना साथ ‘हाम्रो माग पूरा गर , दलीय मर्यादा कायम गर’ जस्ता नारा लगाएका थिए। एमालेको निरन्तर नाराबाजी पछि बैठक २:३० सम्मका लागि स्थगित गरिएको थियो ।
दुई सांसदलाई पदमुक्त नगरे सम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।