लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले प्राप्त गरे विश्वासको मत

खबरपथ संवाददाता
७ भाद्र २०७८, सोमबार १९:३४

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री केसीले नवौं अधिवेशनको सोमबार बसेको दोस्रो बैठकमा विश्वासको मत लिनु भएको हो ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र १ जना स्वतन्त्र सहित ४२ सांसदले विश्वासको मत दिएका छन् । तर, प्रतिपक्ष नेकपा एमालेले सदन बहिस्कार गरेका कारण पार्टीका ‍‍‍‍‍‍३७ सांसद मत विभाजनमा उपस्थित भएनन् । प्रदेश सांसदहरु अजय शाही र विमला वलीलाई कारवाहीको माग गर्दै संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले दोस्रो बैठक बहिस्कार गरेको थियो ।

प्रमुख विपक्षी दल एमालेले सांसद शाही र वली एमालेका सांसद रहेको दावी गर्दै सांसद पदमुक्त गर्न माग गरेको थियो ।एमालेले उनीहरु दुई जना सासंदलाई कारवाहीको माग गरे पनि सभामुख पूर्ण बहादुर घर्तीले कारवाही गर्न नमिल्ने जानकारी गराई सक्नु भएको थियो । तर एमालेले भने उनीहरुलाई कारवाही हुनै पर्ने अडान राखि संसद अवरोध गर्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*