माधव नेतृत्वको नयाँ पार्टीले पायो मान्यता
काठमाडौं । नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको छ।
एमालेबाट अलग भएर माधवकुमार नेपाल समूहको ५८ केन्द्रीय सदस्यले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो । उनीहरु मध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएनन् ।
आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनी रूपमा फुटेको छ ।