चियाका पारखीहरुका लागी बुटवलमा खुल्यो वर पिपल शुद्ध साकाहारी चिया चौतारी

खबरपथ संवाददाता
२ आश्विन २०७८, शनिबार ०६:४३

बुटवल । चियाका पारखीहरुका लागी बुटवलमा वरपिपल शुद्ध साकाहारी चिया चौतारी सञ्चालन भएको छ ।  बुटवल दिपनगर शिवालय मन्दिर भवनको माथिल्लो तलामा अवस्थित बर पिपल चिया चौतारीको शुक्रबार एक कार्यक्रमका बिच प्रमुख अथिति वडा नं. ७ का अध्यक्ष कमल प्रताप थापाले रिवनकाटी उद्धघाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रममा विशिष्ठ अथिति नेपाली कांगेस बुटवल नगर सभापति खेलराज पाण्डे , अथिति नेपाली कांग्रेस ७ का सभापति दिनानाथ गिरी लगायत  विभिन्न  ब्यक्तित्वहरुको आथित्यता रहेको थियो ।

होम बहादुर मल्ल , रवि गौचन , नविन भुसाल र सरस्वती पराजुली चार जना युवाहरुको ४० लाख बढिको संयुक्त लगानीमा संचालित बर पिपल साकाहारी चिया चौतारीमा विषेश गरी स्पेशल चिया कफी , शुद्ध अर्गानिक कफीका आईटम ,शुद्ध शाकाहारी नेपाली खाना , शाकाहारी बर्गर , शाकाहारी झोलमम , जमराको जुस, बर्थडे स्पेशल प्याकेज , जमराको जुस , करेलाको जुसका आईटमहरु उपलब्ध रहेको छ ।

बिशेष गरी साकाहारी ब्यक्तिहरुलाई लक्षित गरि खोलिएको बरपिपल शुद्ध साकाहारी चिया चौतारीमा जुसबार , कफीबारहरु रहेका छन् । असोज १ गते शुक्रबार देखि ११ गते सम्म उद्धघााटन कार्यक्रम रहने सञ्चालक होम बहादुर मल्लले बताउनुभयो । चिया चौतारीमा हरेक परिकार सुपथ मूल्यमा र शुद्ध साकाहारी परिकार मात्र पाईने मल्लले बताउनुभयो ।

शान्त, रमणिय र धार्मिक पुस्तकहरुको अध्ययन गर्दे शाकाहारी परिकारको स्वादलिन पाईने चिया चौतारीमा परिकारहरु ग्राहकको घरमै पु¥याइदिने ब्यवस्था होम डेलिभरी पनि गरीने सञ्चालक होम बहादुर मल्लले जानकारी दिनुभयो । होम डेलीभरीका लागी ९८४२८१५८२३, ९८४२८१५८२३ नम्बरमा सम्पर्क गर्न सकिने मल्लले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*