काँग्रेस महाधिवेशन : बुटवलमा पाण्डे र केसीको उम्मेदवारी घोषणा

खबरपथ संवाददाता
७ आश्विन २०७८, बिहीबार १९:४६

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आगामी असोज ९ गते हुने रुपन्देहीको बुटवल उपमहानगरपालिका को अधिवेशनमा नेता रामचन्द्र पौडेलको समुहबाट खेलराज पाण्डे र सभापति शेरबहादुर देउवा समुहबाट रीता केसीले उम्मेद्धवारी घोषणा गरेका छन् ।

बिहिबार बुटवलमा दुबै पक्षको टिमले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरेका हुन । पार्टीको संस्थापन ईतर समुहबाट सभापतिमा पाण्डे सहित उपसभापतिमा ज्योती भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा पन्थी तथा सहसचिवमा देवराज अर्गली र पुरुषोत्तम खनालले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै संस्थापन पक्षले पनि सभापतिमा रीता केसी सहित उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल तथा सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रयास गरिए पनि सहमति हुन नसकेकाले टिम बनाएर उम्मेदवारी घोषणा गर्नु परेको संस्थापन पक्षका संयोजक युवराज गिरीले बताए । त्यस्तै संस्थापन इतर समुहका संयोजक रामबहादुर कार्कीले सहमतिको प्रयास हुँदा हुँदै अर्को पक्षले एकाएक उम्मेदवारी घोषणा गरेकोले आफूहरु पनि बाध्य भएर उम्मेदवारी घोषणा गरिएको बताए ।  यद्यपी अझै पनि सहमतिको प्रयास हुने भन्दै उनले अन्तिम अवस्था सम्म सहमतिको प्रयास गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*