बुटवल उद्योग वाणिज्य संघमा ढुवानी बस्तुगत समिति गठन

खबरपथ संवाददाता
१२ आश्विन २०७८, मंगलवार १०:३७

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा ढुवानी बस्तुगत समिति गठन गरिएको छ । आईतबार संघमा भएको सदस्य व्यबसायीहरुको बैठकले रामप्रसाद गैरेको सभापतित्वमा ढुवानी बस्तुगत समिति गठन गरिएको हो ।

समितिको उपसभापतिमा विकास शर्मा आचार्यलाई चयन गरिएको छ । समितिको सदस्यहरुमा गोविन्द श्रेष्ठ, खिमानन्द खनाल र उज्जवल केसीलाई चयन गरिएको छ । समितिको सल्लाहकारमा लोकराज पोखरेल, कमल घिमिरे, श्यामराज हमाल, जीतबहादुर भाट, रामबहादुर केसी, माधवप्रसाद नेपाललाई चयन गरिएको छ ।

समिति गठन कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघका गतिबिधिको बारेमा जानकारी गराउंदै व्यबसायिका समस्या पहिचान गर्न बस्तुगत समितिलाई आग्रह गर्नुभयो । उहाँले बस्तुगत समितिले पहिचान गरेका समस्या समाधानमा संघले पहल र पैरवी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, ढुवानी बस्तुगत समितिका सल्लाहकार लोकराज पोखरेल, नवनिर्वाचित सभापति रामप्रसाद गैरे लगायतले भनाई राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*