आजदेखि खुले बैंक तथा वित्तीय संस्थाहरु

खबरपथ संवाददाता
३१ आश्विन २०७८, आईतवार १४:५२

बुटवल। आज देखि देशभरका सबै बैंक तथा वित्तिय संस्थाहरु खुला भएका छन् । दशैं बिदा सकिए सँगै आइतबारदेखि बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन । सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबारदेखि खुला भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनुभयो ।

ढकालका अनुसार आइतबारदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ । फुलपातिदेखि देशभरका बैंक तथा वित्तीय संस्थाहरु बन्द रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*