बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

खबरपथ संवाददाता
३ कार्तिक २०७८, बुधबार ०७:५१

काठमाण्डौं । नेपाल राष्ट्र बैकंले २४ घण्टाभित्र ब्याजदर परिवर्तन गर्न बैंकहरुलाई निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र मंगलबार क, ख र ग बर्गका ईजाजत पत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई उक्त निर्देशन दिएको हो ।

राष्ट्र बैकंको निर्देशनमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ ।

निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*