हामीले सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्दछ – प्रदेश प्रमुख शेरचन

गुनाराम घिमिरे
१० कार्तिक २०७८, बुधबार २२:३६

बुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले विश्वका मानिसहरुले विज्ञान प्रविधिको प्रयोग गरीरहदाँ नेपालमा जातीय विभेद हुनु दुखद विषय भएको बताउनुभयो । प्रमुख शेरचनले जातीय विभेदको अन्त्यका लागी सबै एक हुनु पर्ने बताउनुभयो ।

आज आदिबासी जनजाती आयोगको बार्षिक प्रतिबेदन बुझ्ने क्रममा यस्तो विचार ब्यत्त गर्नुभएको हो । प्रमुख शेरचनले सबै नेपालीहरुको लागि आदीवासी जनजाती आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै नेपालमा सम्पूर्ण विभेदको अन्त्य गर्नका लागि राज्यले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने यदी राज्यले ध्यान पु¥याउन नसकेमा त्यसले नकारात्मक रुप लिन सक्ने समेत चेतावनी दिनुभयो ।

प्रमुख शेरचनले लुम्बिनी प्रदेशमा पनि त्यस्ता विभेदको अन्त्य गर्दै सबै समुदायको विकासका लागि अगाडि बढनुपर्नेमा जोड दिनु भयो । प्रतिबेदन बुझाउदै आयोगका अध्यक्ष रामबहदुर थापा मगरले समतामुलक समाज निर्माणको लागि ब्यबस्था परिबर्तनको संघर्षमा आदिबासी जनजातीको ठूलो भुमिका भएको उल्लेख गर्नुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको बिषेश उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*