काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ काे सभापतिमा हरि लम्साल विजयी

खबरपथ संवाददाता
८ मंसिर २०७८, बुधबार ०७:१०

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन ईतर समुहका लम्साल विजयी भएका हुन ।
सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।
त्यस्तै गरि सचिव पदमा श्रेष्ठ समुहका उम्मेद्वार प्रजापाल गिरी र लम्साल समुहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन् । सचिवमा निर्वाचित श्रेष्ठ समुहका गिरीले ४२९ मत र लम्साल समुहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन ।
सहसचिव पदमा लम्साल समुहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मत सहित विजयी भएका छन् ।

निर्वाचनबाट विजयी हुने अन्य सदस्यहरुमा महिला सदस्य प्रदेशसभा क तर्फ उमादेवि थापा क्षेत्री (३५५), खुल्ला सदस्य प्रदेशसभा क तर्फ नारायण भट्टराई (३४२) र कर्णबहादुर टन्डन (३२८) रहेका छन् । महाधिवेशन प्रतिनिधीमा पनि मिश्रित परिणाम आएको छ ।

यसैगरी महिला सदस्य प्रदेशसभा ख चर्फ दीपा थापा (३३३), प्रदेशसभा ख को खुला सदस्यतर्फ लोक बहादुर कुँवर (३३०) र दिपक रायमाझी (२४३) रहेका छन् । महिला सदस्य प्रतिनिधिसभामा प्रभा अर्याल (३५०) र प्रतिनिधिसभाको खुला सदस्य तर्फ विवेश पुरी (३११), हिमाल गैरे (३६१) र पुर शाही (२९७) रहेका छन् ।

खस आर्यतर्फ राजेन्द्रप्रसाद रिजाल (३१०), आदिवासी जनजाति महिलामा लक्ष्मी श्रेष्ठ (२९४), आदिवासी जनजाति खुला टेकबहादुर रेश्मी (३११), दलित खुल्ला ओमप्रकाश बि.क. (२८७), मधेशी/आपाङ्ग/अल्प सङ्ख्यक तथा मुस्लिमका तर्फबाट अदिल अहमद खान (२५०) विजयी भएका छन् । थारु खुल्लातर्फ धनमन्ती थारु निर्विरोध निर्वाचित भएकी थिइन् । कूल ६८० मतदाता रहेको यस क्षेत्रमा ६६९ मत मात्रै खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*